प्रकाशित मिति : २०२४-०३-१९

यस कार्यालयवाट नश्ल सुधारका लागि विक्रि वितरण गरिने शुद्द मुर्रा जातको राँगो प्राप्त गर्नको लागि आफ्नो सम्वन्धित वडा वा पालिका वा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मध्ये कुनै एक कार्यालयको सिफारीस तथा फार्म दर्ता र नवीकरणको कागजातहरु सहितको निवेदन तयार गरी निवेदनमा आफ्नो सम्पर्क नम्बर समेत राखेर उक्त कागजातहरुलाइ स्वंय उपस्थित भै वा इमेलमार्फत् यस कार्यालयमा पेश गरी दर्ता गर्ने र रोलक्रममा पठाउनुपर्ने हुन्छ। यस कार्यालयमा सोही प्रक्रियावाट नेपालभरीवाट प्राप्त हुने निवेदनहरुको संख्या कार्यालयले वार्षिक रुपमा आपूर्ति गर्न सक्ने क्षमता भन्दा केही वढी रहेकोले तत्कालिन अवस्थामा राँगा तयार नभएको अवस्था भएमा राँगा प्राप्त गर्न केही समय पालो पर्खनुपर्ने हुन सक्छ। हाल एउटा शतप्रतिशत शुद्द राँगाको विक्रिदर प्रचलित नर्म्स अनुसार प्रतिकेजी जिवित तौलले बजारको राँगाभैंसीको तयारी मासुको मुल्यलाइ गुणा गरी राँगाको अवस्था अनुसार निश्चित फ्याक्टरले भाग गरी तोकिएको फर्मुला अनुसार हिसाब गरिन्छ। यस सम्वन्धि कुनै गुनासो भएमा हाम्रो वेवसाइट nlbonepalgunj.gov.np मा रहेको शाखा प्रमूख वा सूचना अधिकारी वा आवश्यक भएमा कार्यालय प्रमुखको नम्बरमा पनि सम्पर्क गर्न सकिन्छ।